You are viewing the translated version of वास्तविक धनी वा नियन्त्रकको विबरण सम्बन्धमा.

Section 77
वास्तविक धनी वा नियन्त्रकको विबरण सम्बन्धमा
(१) ऐनको दफा ३५क. र ३५्ख. बमोजिम तयार गरिएको विवरण सम्बन्धित कानूनी व्यक्ति वा कानूनी प्रबन्धले प्रमाणित गरी नियमनकारी निकाय वा दर्ता गर्ने निकायमा पेस गर्नु पर्नेछ।

(२) ऐनको दफा ३५क., ३्ख. वा ३५्‌ग. बमोजिमको विवरण व्यवस्थित गरी राख्न, अद्यावधिक गर्न वा गराउन, त्यस्तो विवरण. सम्बन्धित निकायमा पेस गर्न र यस विषयमा सम्पर्क बिन्दुको रूपमा काम गर्न कानूनी व्यक्ति वा कानूनी प्रबन्धले देहायको व्यवस्था गर्न सक्नेछ:-

(क) सूचक संस्थाको हकमा कार्यान्वयन अधिकारी,

(ख) खण्ड (क) बाहेकका कानूनी व्यक्तिको हकमा त्यस्तो व्यक्तिको कार्यकारी वा प्रमुख भई कार्य गर्ने व्यक्ति वा निजले तोकेको व्यवस्थापकीय तहको कर्मचारी,

(ग) कानूनी प्रबन्धको हकमा टृष्टी।

(३) नियमनकारी निकाय वा दर्ता गर्ने निकायले ऐनको दफा ३भ्‌क., ३भ्‌ख. र ३५ग. सँग सम्बन्धित: विवरण तथा विषयको जोखिम मूल्याङ्कन गर्ने, विदेशी निकायसँग 'सहयोग आदानप्रदान गर्ने र त्यस्तो आदानप्रदान भएको सहयोगको अवस्था, प्रयोग र गुणस्तर सम्बन्धमा अनुगमन: गरी वार्षिक रूपमा समन्वय समितिमा प्रतिवेदन पेस गर्नु पर्नेछ।

(४) नियमनकारी निकाय वा ८दर्ता गर्ने निकायले उपनियम (२) बमोजिमको कार्य गर्न वा. गराउन आफ्नो कुनै कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्नु पर्नेछ।

(५) कम्पनी रजिष्ट्रारको. कार्यालयले वास्तविक धनीको पहिचान तथा नियन्त्रण सम्बन्धमा आवश्यक मापदण्ड बनाई लागू गर्न सक्नेछ र त्यस्तो मापदण्डको आधारमा नियमनकारी निकाय वा दर्ता गर्ने निकायले व्यवसायको प्रकृति र जोखिम अनुसार छुट्टाछुट्टै विशिष्टीकृत मापदण्ड बनाई लाग्‌ गर्न सक्नेछ।

(६) ऐनको. दफा ३५क., ३श्ख, र ३चश्ष्ग, बमोजिमको काम कारबाहीको परीक्षण दफा ३५च. बमोजिमका परिपालना परीक्षकबाट वार्षिक रूपमा गराउनु पर्नेछ।